बैतडी – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ। प्रारम्भिक मत परिणामअनुसार १२ हजार ११४ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३ हजार ७२४ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३ हजार ४ मत ल्याएर पछ्याइरहेका छन्।भण्डारी र चन्दबिच ६९६ को मतान्तर रहेको छ।

यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले २ हजार ५३७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले १ हजार ६३१ मत ल्याएका छन् ।
१२ हजार ११४ मत गणना हुँदा बदर मत ८०७ रहेको छ । यहाँ शुक्रबार दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो । बिहीबार सम्पन्न मतदानमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।


















