खाेज्नुहाेस

बैतडीमा मोटरसाइकलमा गस्ती गर्दै नेपाली सेना

Image

बैतडी – फागुन २१ गते हुने निर्वाचनलाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बैतडीमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको छ । चुनावी सुरक्षा योजना अनुसार जिल्लाका शहरी क्षेत्रमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको बैतडीस्थित श्रीबक्स गुल्मका गुल्मपति,सेनानी पुष्प लामाले जानकारी दिए ।

navjiwan hospital

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिकाका बजार क्षेत्रमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको सेनानी लामाले बताए । जिल्लाका अन्य बजार क्षेत्रमा पनि सेनाले मोटरसाइकल गस्ती सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

attariya hospital

निर्वाचनको मिति नजिक आएका बेला स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेनाले जिल्लाका १० ओटै तहमा बेस क्याम्प खडा गरेको सेनानी लामाले बताए । बेस क्याम्पमा रहेको नेपाली सेनाले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा फौँजसँगको समन्वयमा संयुक्त गस्ती गरिरहेको बताइएको छ ।