बैतडी – बैतडीमा बिहेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुुगेको छ । बिहिबार जिल्लाको पुर्चाैडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस सडकबाट करीब १५० मिटर तल खसेको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
दुर्घटनामा परि ३४ जना घाईते भएको उनले बताए । उनका अनुसार घाइतेहरुमध्ये २५ जनाको डडेल्धुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको उनले जानकारी दिए ।

बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
बसको प्रेसरपाइप फुटेर उकालोमा अत्याधिक भारका कारण दुर्घटना भएको उद्धारमा खटिएका शसस्त्र प्रहरी वलको अनुमान छ । घटनास्थलमा स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो । मृतकको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।
















