खाेज्नुहाेस

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Image

अत्तरिया – बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका वडा नम्बर- ८ मा म १ ज २२४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निशान्त बोहरा, सिगासकै २८ वर्षीय भानुदेव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका–३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।