खाेज्नुहाेस

बैतडीमा ५ मतदान केन्द्र थपिए, १ हटाइयो

Image

बैतडी – बैतडीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ वटा मतदान केन्द्र थपिएका छन् । गएको निर्वाचनमा २ सय १० मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २ सय १४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए । मतदानस्थल भने साविककै १ सय २९ वटा कायम रहेका उनले बताए ।

navjiwan hospital

थप भएका निर्वाचन केन्द्रमा सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द–९ केदार आधारभूत विद्यालय सिम लोडासौं, शिवनाथ गाउँपालिका–३ श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ त्रिपुरेश्वर मावि कुलडा रहेका छन् । यस्तै मेलौली नगरपालिका–२ कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई मतदान केन्द्रमध्ये एउटा हटाइएको छ । जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ ।

attariya hospital

स्थानीय, प्रदेश र संघ मातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा बृद्धाआश्रममा रहेका अस्थायी मतदाताको विवरण संकलनको काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा आगामी निर्वाचनका लागि १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन्। यो वर्ष ६ हजार २ सय १६ मतदाता थपिएका छन् ।