बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आमचोरास्थित प्रसिद्ध कैलपाल मन्दिरमा लाग्ने धुरा मेला कार्तिक २४ र २५ गते हुने भएको छ । यो मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा मेला लाग्ने स्थानीयहरुले बताएका छन् ।

कार्तिक २४ गते रतेडी र कार्तिक २५ गते दिउसेडी मेला हुने धुरा मेला व्यवस्थापन समितिले जनाएको छ । कैलपाल धुरा मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।


जिल्लाका अन्य शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भएपनि पञ्चेश्वरस्थित कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ ।














