खाेज्नुहाेस

बैतडीमा मेलाबाट फर्कदैँ गरेको जिप दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

Image

बैतडी – बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्कदैँ गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति ११ बजेतिर से १ ज ७३२ नम्बरको जिप दुर्घटना हुँदा मेलौली नगरपालिका–२ दुर्गास्थान, स्याडीकी २४ बर्षीया तुलसी पाण्डेयको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा गम्भीर घाइते भएकी उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

add everest academy
attariya hospital

दुर्घटनामा परी चार जना घाइते भएका छन् ।घाइते हुनेमा जिप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडू, मेलौली नगरपालिका– २ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र अर्का छोरा २८ वर्षीय ओमप्रकास पाण्डेय रहेका छन् । जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिप आँफै अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । जिप सडकबाट करीब १० मिटर तल खसेको थियो ।