बैतडी– बैतडीमा एक किशोरी मृत फेला परेकी छन । जिल्लाको सुर्नया गाउँपालिका– मडकी १८ बर्षीया झरना दमाई मृत फेला परेकी हुन ।

शनिबार सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार घरबाट बजार जान्छु भनेर हिँडेकी झरना बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले प्रहरीलाई आग्रह गरेको थियो ।

झरनाको खोजी गर्दै जाँदा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















