खाेज्नुहाेस

बैतडीमा भीरबाट लडेर किशोरीको मृत्यु 

Image
file photo

बैतडी – बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैराकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताए ।

attariya hospital

बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।