खाेज्नुहाेस

चुरेका २७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Image

संगिता कापडी, धनगढी – कैलालीको चुरे गाउँपालिकाको पालिका स्तरीय कक्षा आठको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा २७.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिका भरका ४७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

navjiwan hospital

तीमध्ये १३० जना मात्र उत्तीर्ण भएका छन् । यस मध्ये शुक्र माध्यमिक विद्यालय, खानीडाँडाबाट सबैभन्दा बढी २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने, शिव माध्यमिक विद्यालय, किम्तोला र भानु माध्यमिक विद्यालय, चित्रपुरका पनि समान रूपमा १७÷१७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

attariya hospital

तर, केही विद्यालयको नतिजा भने अत्यन्तै निराशाजनक रहेको छ । जनता आधारभूत विद्यालय, सल्लेकाँडा, बस्नेत आधारभूत विद्यालय गर्भा र श्री सिद्ध आधारभूत विद्यालय, गोगनपानीका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । ती विद्यालयको नतिजा शून्य प्रतिशत रहेको छ ।