धनगढी – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगत धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेविसंघका दीपकराज भट्ट विजयी भएका हुन । उनले ५३३ मत पाए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए ।

यस्तै सचिवमा नेविसंघका देवेन्द्र बोहरा र कोषाध्यक्षमा नेविसंघकै सन्चिताकुमारी चौधरी विजयी भएका छन् ।

सम्बन्धित समाचार : कैलालीका ७ क्याम्पसको नतिजा सार्वजनिक, ४ मा नेविसंघ र ३ मा अखिल क्रान्तिकारी विजयी

















