खाेज्नुहाेस

एपेक्स एकेडेमीको ‘क्ल्यासिकल’ वार्षिकोत्सव

Image

अत्तरिया – एपेक्स एकेडेमीले ‘क्ल्यासिकल’ (परम्परागत) नृत्य र खेलकुदलाई प्रोत्साहन गर्दै वार्षिकोत्सव मनाएको छ । गोदावरी नगरपालिका – ४ वसन्तपुरमा रहेको उक्त एकेडेमीले आइतबार ‘क्ल्यासिकल’ नृत्य र खेलकुदलाई प्रोत्साहन गर्दै आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको हो ।

जस अन्तरगत विद्यालयले वार्षिकोत्सवको अवसरमा परम्परागत खेलकुद बाघचाल, डन्डी बियो लगायतका खेलकुद खेलाएको थियो । त्यस्तै वार्षिकोत्सवमा अधिकांश कला, संस्कृति झल्कने नृत्यहरू प्रस्तुत गरिएको थियो ।

attariya hospital
navjiwan hospital

विद्यालयका प्रिन्सिपल समीर महराले आधुनिक प्रविधिको प्रयोग गर्दै परम्परागत खेलकुद, नृत्य, पेसा प्रति विद्यार्थीलाई आकर्षित गर्न यस्तो गरिएको बताए । उनले एकेडेमीले कृषिको प्रवर्धनका लागि विद्यालयले विशेष कृयाकलाप गर्दै आएको बताए । ‘कृषि प्रधान देशमा हामीले बालबालिकाहरूलाई रोजगार सँग जोड्न सक्यौ भने सबै बालबालिका रोजगार बन्न सक्छन्’ उनले भने ‘जुन देशमा जे सम्भावना छ त्यो देशले त्यस देशका बालबालिकालाई त्यही बनाउन प्रोत्साहन गर्ने हो ।’ उनले दसैँ तिहारको बिदामा पनि विद्यालयले होमवर्कमा तरकारीका बीउ दिएर उत्पादन गर्न लगाइएको बताए ।

एकेडेमीका अध्यक्ष मदन शर्माको सभाध्यक्षता सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गोदावरी नगरपालिका – ४ का वडाध्यक्ष हेम प्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए । साहित्यकार निर्मल कुमार भण्डारीलाई सुदूरपश्चिमको साहित्य क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।