खाेज्नुहाेस

गोदावरी पब्लिक स्कुलका बालबालिकाले मिलाए पैतलि

Image

अत्तरिया – पछिल्लो समय विद्यालयका वार्षिकोत्सव कार्यक्रममा छाडा र उच्छृङ्खल गीतमा साना बालबालिकालाई नचाउने फेसन नै चलेको छ । साना बालबालिकाहरूलाई पनि विभिन्न चलेका उच्छृङ्खल गीतमा नचाउने गरिन्छ ।
तर, केही विद्यालयहरूले भने थोरै भए पनि बालबालिकाहरूलाई आफ्नो भेस भूषा पहिचान झल्किने गीतमा नृत्य गराउने गरेका छन् ।

शनिवार अत्तरियामा रहेको गोदावरी पब्लिक स्कुलले आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रममा साना बालबालिकालाई सुदूरपश्चिमको कला संस्कृति झल्किने नृत्व गर्न प्रोत्साहन गरेको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रममा दर्जनौँ नृत्य प्रस्तुत गर्दा केही नृत्यमा यस्ता अभ्यास गरेको हो ।

attariya hospital

जसअन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकाहरूले ‘काहोलो हरि भजन, वाइ होलो हरि कृतन’ नामक देउडा गीतमा पैतला मिलाएर देउडा खेलेका थिए । साना बालबालिकाले पैतला मिलाएको दृश्य निकै आकर्षित थियो ।

राधाले खेलिन कृष्णले खेल्यो पैतलि मिलाइ
(खेल खेली पल्किगइन राधा ढप टिपि ढल्किगइन)२
छ्याम्म चुडि छयाम्म राधा झ्याम पैतलि झ्याम्म

navjiwan hospital

विद्यालयले वार्षिकोत्सव कार्यक्रमका लागि कोरियोग्राफर नियुक्त गरेर नृत्यहरू प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा छलिया नृत्य लगायतका विभिन्न यस क्षेत्रका भेसभुसा झल्कने नृत्यहरू पनि बालबालिकाहरूले प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी मात्रै नभएर अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए ।

गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको उक्त स्कुलले शनिवार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐरको प्रमुख आतिथ्यमा दोस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । विद्यालयका संस्थापक मनिराज नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल भट्ट, यस क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कक्षा ८ सम्म अध्यापन हुने उक्त स्कुलमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।