खाेज्नुहाेस

अत्तरियामा रहेको सुप समावेशी विद्यालयका २ कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सुप समावेशी आधारभूत विद्यालयका दुई ओटा कोठाहरू अपाङ्गता मैत्री बनाइएका छन । कक्षा ७ सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयका कक्षा ३ र ५ का कोठाहरू अपाङ्गता मैत्री बनाइएका हुन ।

navjiwan hospital

उक्त कोठाहरू अपाङ्गतामैत्री बनाउन कोरियास्थित डेगु क्वाङम्युङ स्कूल बिजकुल क्लबले सहयोग गरेको हो । उक्त क्लबका अपाङ्गता भएका बालबालिकाहरूले जम्मा गरेको रकमबाट नै विद्यालयमा दुई ओटा कक्षाकोठाहरू अपाङ्गतामैत्री बनाइएको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए ।

attariya hospital

उक्त सहयोग विद्यालयमा ल्याउनका लागि चाङवोन नेशनल युनिभर्सिटी साउथ कोरिया (लुपिक) का निर्देशक ‘डे यङ जङ’ को महत्वपूर्ण भूमिका रहेको बताउँदै साउँदले सो कार्यका लागि सोही संस्थाका कोरिया प्रोजेक्ट मेनेजर इम्यङ किमको विशेष समन्वयकारी भूमिका रहेको बताए ।

उनले कक्षाकोठाको व्यवस्थापन हुन नसक्दा शिक्षण सिकाइलाई प्रभावकारी रूपमा अगाडी बढाउन नसकिएको अवस्थामा सो सहयोगले राहत मिलेको बताए । उनले अब अपाङ्गता भएका बालबालिकाहरूले अपाङ्गता मैत्री कक्षाकोठामा बसेर सहज रूपमा अध्यापन गर्न पाउने समेत बताए । उनका अनुसार सहयोग गरिएका सामग्रीहरूमा टेबल सहितका १७ वटा कुर्ची, २ वटा ह्वाईटबोर्ड, २ वटा डस्टबिन र १० वटा योगा मेटा फम रहेका थिए ।