खाेज्नुहाेस

चैतन्य महोत्सव सम्पन्न

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव शनिवार सम्पन्न भएको छ । चैतन्य पाठशालाको आयोजनामा पुस २७ गतेदेखि सुरु भएको प्रथम चैतन्य विद्यार्थी महोत्सव सम्पन्न भएको हो ।

navjiwan hospital

चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रूपमा आयोजना गरेको थियो ।

attariya hospital

पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले चैतन्य विद्यार्थी महोत्सवमा विद्यार्थी तथा सहभागीहरूले विभिन्न ज्ञान, सिप, मनोरञ्जन, विद्यार्थीहरुको वैज्ञानिक आविष्कार, अन्वेषण, परियोजना, खेलकुद लगायत बहस तथा शैक्षिक बहस जस्ता जीवन उपयोगी उद्यमबारे ज्ञान हासिल भएको बताए ।