खाेज्नुहाेस

अत्तरियामा रहेको समता स्कुलले मनायो नवौँ वार्षिकोत्सव, शिलान्यास कार्यक्रम स्थगित

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको समता स्कुलले नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मंगलबार गोदावरी नगरपालिका– २ तेघरीमा एक कार्यक्रमका बिच स्कुलको नवौँ वार्षिकोत्सव मनाईएको हो ।

स्कुलकी प्रमुख रितु पाण्डे शाहुको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा समता एजुकेसन ट्रस्टका केन्द्रिय निर्देशक दीपक सन्जेल रहेका थिए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्ति एवम् स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्कुलले आयोजना गरेका विविध कार्यक्रमका विजेता तथा उत्कृष्ट रहेका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए ।

स्कुलले कार्यक्रम आयोजना गरेको स्थानमा नयाँ भवन को शिलान्यास गर्ने सेड्युल पनि तयार गरिएको थियो । तर भवनको शिलान्यासको कार्यक्रम विविध कारणले स्थगित गरिएको स्कुलकी प्रमुख रितु पाण्डे शाहुले बताईन ।

‘हामीले स्कुलको नयाँ भवन निर्माणका लागि वार्षिकउत्सवकै अवसरमा शिलान्यास गर्ने भनेका थियौँ, तर विविध कारणले गर्दा हुन सकेन’ उनले भनिन् ‘अब स्कुलको नयाँ भवनको शिलान्यास अर्काे पटक हुन्छ ।’