खाेज्नुहाेस

दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई चालकलाई कारबाही

Image

दार्चुला – दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सवारी चालकलाई कारबाही गरिएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोकेका तथा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सवारी साधनका चालकलाई शनिबार कारबाही गरिएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

attariya hospital

यसअघि शुक्रबार पनि प्रहरीले चार सवारी चालकलाई क्षमता भन्दा बढी यात्रु बोकेको भेटिएपछि कारवाही गरेको थियो ।