खाेज्नुहाेस

प्याब्सन गोदावरीको चौथो नगर अधिवेशन सुरु

Image

अत्तरिया – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको चौथो अधिवेशन सुरु भएको छ । आइतबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख अतिथ्यतामा चौथो साधारण सभा सम्पन्न भएको हो ।

navjiwan hospital

साधारण सभामा बोल्दै उपप्रमुख रोकायाले नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालय बिच विभेद नगरिएको बताइन् । उनले नगरको समग्र शिक्षाको विकासका लागि संस्थागत र सामुदायिक विद्यालयको अहम् भूमिका रहेको बताइन् ।

attariya hospital

प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा एभरेस्ट स्कुलका प्रिन्सिपल वंशीराम चौधरी (स्माईल), दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशी, प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमाल, नगर शिक्षक समिति सदस्य डा. डम्बर पाल प्याब्सन केन्द्रीय उपाध्यक्ष जगवीर थापा र दुर्गालक्ष्मी क्याम्पस प्रमुख नरेन्द्र ब ऐरले स्वागत मन्तव्य राखेका थिए ।

अहिले साधारण सभाको बन्द सत्र जारी रहेको छ । बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ ।