खाेज्नुहाेस

शिक्षालाई पहिलो प्रायोटी दिएर २–३ काम गरेका छौ : नगरप्रमुख भट्ट

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले शिक्षालाई पहिलो प्रायोटी (प्राथमिकता) दिएको बताएका छन् । मंगलबार गोदावरी नगरपालिकाद्धारा आयोजित १५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख भट्टले शिक्षालाई पहिलो प्रायोटी दिएर काम गरिएको बताए ।

navjiwan hospital

‘हामीले शिक्षाका २–३ क्षेत्रमा काम गरेर सफल भएका छौ’ उनले भने ‘हामीले विद्यालय समायोजन, नगर शिक्षक व्यवस्थापन, शिक्षक समायोजनको काम गरेका छौ ।’ उनले विद्यालय समायोजनको काममा केही असन्तुष्टि आएको भए पनि अहिले समस्या समाधान भएको बताए । उनले वडा नम्बर १० मा रहेको शंकर प्रावि समायोजन पछि सर्वोच्चमा मुद्दा परे पनि उक्त मुद्दाको फैसला पनि नगरपालिकाको पक्षमा भएको बताए । उनले नगर शिक्षक अनुदानको रूपमा रहेकोमा अहिले उनीहरूलाई नियुक्ति दिने काम गरिएको बताए ।

attariya hospital

शिक्षक समायोजनको काममा पनि केही चित्त नबुझेका कुरा आएको भए पनि त्यो पनि समाधान हुँदै गएको उनले बताए । उनले आग्रह पूर्वाग्रह नराखी विद्यालयको आवश्यकता बुझेर शिक्षक समायोजन भएको बताए ।

‘कतिपयले अहिले हामीलाई अहिलेको मेयरले टाढा फाल्यो भन्छन्, त्यसो होइन’ उनले भने ‘जुन क्षेत्रमा तपाई पर्नु भएको छ । त्यो क्षेत्रमा तपाइको आवश्यकता भएर समायोजन गरिएको हो । यसलाई पोजेटिभ रूपमा बुझ्न आवश्यक छ ।’ उनले नगरमा गणित र विज्ञान शिक्षकको परिपूर्ति हुन नसकेको अवस्थामा त्यसको परिपूर्तिका लागि नगरपालिका लाग्ने बताए ।