खाेज्नुहाेस

गोदावरीमा आजेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आज (मंगलबार) देखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । १५ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि गोदावरी नगरपालिका – ७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु हुन लागेको हो ।

navjiwan hospital

प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २२ सय बढी विद्यार्थी सहभागि हुँदै छन । जसमा २३ वटा सामुदायिक र २२ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।

attariya hospital

प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डीका खेल रहेको खेल संयोजक शिवराज भट्टराईले बताएका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।

प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँग सँगै नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने जनाइएको छ । जसमा कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने छन ।