खाेज्नुहाेस

दार्चुलामा विव्यस अध्यक्षका लागि १६ जनाको उम्मेदवारी

Image

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति (विव्यस) को अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ । शनिबार बसेको अभिभावक भेलामा समिति चयनका लागि सहमति नजुटेपछि १६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

navjiwan hospital

अभिभावक भेलाले अध्यक्षमा सहमति गर्न नसकेपछि मनोनयनको नामावली शैल्यशिखर नगरपालिकामा पठाउने निर्णय गरिएको छनोट सहयोग समिति सदस्य एवं विद्यालयका प्रधानाध्यापक पीताम्बर विष्टले बताए ।

attariya hospital

उनका अनुसार गोकुलेश्वर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि मनोनयन गराउनेहरूमा विशेश्वरप्रसाद विष्ट, भानबहादुर विष्ट, ईश्वरदत्त पाण्डेय, कालुबहादुर चन्द, किशौरराज विष्ट, कोमलराज विष्ट, लक्ष्मीप्रसाद जोशी, महेशराज विष्ट, महेशसिंह भण्डारी, प्रेमबल्लभ जोशी, पूर्णबहादुर विष्ट, रणबहादुर खत्री, रमेशचन्द्र भट्ट, उत्तरसिंह विष्ट, जगदीशबहादुर चन्द र उत्तरसिंह विष्ट रहेका छन् ।

शैल्यशिखर नगरपालिकाको शिक्षा नियमावली २०७४ को सातौं संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति गठनमा सहमति नभएपछि उम्मेदवारहरूमध्ये अध्यक्ष नगरपालिकाले मनोनीत गर्ने व्यवस्था रहेको छ ।