खाेज्नुहाेस

अपराध नियन्त्रण गर्न दार्चुलामा प्रहरीको नागरिक सुनुवाइ

Image

दार्चुला- जिल्‍ला प्रहरी कार्यालय दार्चुलाले अपराध नियन्त्रण गर्नका लागि नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । शनिबार शैल्यशिखर नगरपालिका-९ ‍स्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

navjiwan hospital

जिल्‍ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा शैल्यशिखरका नगरप्रमुख विजय सिंह धामी प्रमुख आतिथि र प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी विशिष्ट आतिथि रहेका थिए ।

attariya hospital

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, बुद्धिजिवी, सरकारी निकाय, होटेल व्यवसायी तथा आमनागरिक गरी करिब १०० जनाको उपस्‍थिति रहेको बताइएको छ ।

जिल्लाको शान्ति सुरक्षा, लागुऔषध दुर्व्यसन तथा ओसारपसार, विभिन्न किसिमका अपराध रोकथाम तथा नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, प्रहरी प्रतिको गुनासो तथा सुझाव लगायतका विषयमा अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।