बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।
बुधबार बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो ।

शैक्षिक सत्र २०८० बेलौरी नगरपालिकाको तथ्याङ्क अनुसार आधारभुत तह कक्षा ८ र माध्यामिक तह तर्फ कक्षा १० मा उच्चतम विद्यार्थी उर्तिण गराउने विद्यालयहरुलाई सम्मान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले बताए।

शैक्षिक सत्र ०८०को आधारभुत तह कक्षा ८ र माध्यामिक तह कक्षा १०मा अधिकतम विद्यार्थी उर्तिण गराउने १६ विद्यालयलाई सम्मान गरिएको छ । त्यस्तै उच्चतम् प्राप्ताङ् प्रापत गर्ने १४ विद्यार्थीलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।


















