खाेज्नुहाेस

गेटामा चिकित्सा शास्त्र अध्यापन सुरु गर्न दवाव दिइने

Image

अत्तरिया – कैलालीको गेटामा सरकारले घोषणा गरेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा आगामी शैक्षिक सत्र देखि नै चिकित्सा शास्त्र अध्यापन सुरु गर्न दवाव दिइने भएको छ ।

navjiwan hospital

चिकित्सा शिक्षा आयोगले देशका ६ प्रदेशमा चिकित्सा शास्त्र स्नातक (एमबिबिएस) का लागि कोटा निर्धारण गर्दा सुदूरपश्चिमलाई वेवास्था गरिएपछि यहाँ दवाव मुलक कार्यक्रम गर्न लागिएको हो ।

attariya hospital

सोमबार सहिद दशरथ चन्द राष्टिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिले गेटमा स्थापना हुन गईरहेको सहिद दशरथ चन्द राष्टिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक पारित सँगै तत्काल नै चिकित्सा शास्त्र अध्ययनको वातावरण हुनु पर्ने माग गर्दै इप्रोन लगाएर जिल्ला प्रशासक कार्यालय कैलाली अगाडि उभिएर दवाव दिइने भएको छ ।

संघर्ष समितिले तत्काल ३०० सय शैय्याको अस्पताल पनि सञ्चालन गर्न माग गरेको छ । सरकारलाई दवाव दिन आज दिउँसो डेढ बजे दवाव मुलक कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले बताए ।