बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री प्रकाशन गरेको छ । गत वर्ष तयार पारेको स्थानिय पाठ्यक्रमलाई सहज रुपमा पठनपाठन गराउनका लागि पालिकाले सन्दर्भ सामग्री तयार पारेको हो ।

पालिकाले गत वर्ष कक्षा १ देखी ५ र कक्षा ६ देखी ८ सम्म ‘हाम्रो पञ्चेश्वर’नामक पाठ्यक्रम तयार पारेको थियो । स्थानीय बिषयवस्तु, परिवेश, स्थानीय सरकार, स्थानीय संस्कृति, भेषभुषा, भाषा र सामाजिक परिवेशका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिनका लागि पाठ्यक्रम तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त पाठ्यक्रमका बारेमा विद्यार्थीहरुलाई सहज रुपमा जानकारी गराउनका लागि सन्दर्भ सामग्री तयार गरिएको पालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाभित्र ३५ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती सबै विद्यालयहरुमा सन्दर्भ सामग्री पु¥याइसकिएको अध्यक्ष चन्दले बताए ।

















