खाेज्नुहाेस

व्यक्तित्व विकासका लागि उद्घोषण कला आवश्यक – उपकुलपति जोशी

Image

धनगढी – सुदूरपश्चिम प्रज्ञा –प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले व्यक्तित्व विकासका लागि उद्घोषण कला आवश्यक रहेको बताएका छन् । मंगलबार स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सञ्चालन गरेको पाँच दिने रेडियो तथा मञ्च उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै जोशीले सो कुरा बताएका हुन ।

navjiwan hospital

समारोहमा प्रमुख अतिथि रहेका उनले वर्तमान समयमा उद्घोषण कला सबैको लागि अपरिहार्य भएको बताए । उनले आगामी दिनमा उद्घोषण कलाका साथै सुदूरपश्चिमको भाषा ,कला साहित्य र संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठान योजनाबद्ध रूपमा अगाडि बढ्ने बताए । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न पनि विद्यार्थीहरूलाई आग्रह गरे ।

attariya hospital

स्ववियु सभापति यमराज जोशीको सभापतित्वमा सम्पन्न समारोहमा विशिष्ट अतिथि क्याम्पस प्रमुख तोयराज भट्ट, प्राध्यापक संघका सभापति डा. शिव सापकोटा, सह प्रा.मानबहादुर जोरा,प्रशिक्षक टेकेन्द्र देउवा लगायतले शुभकामना व्यक्त गरेका थिए । तालिममा ६० प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक गौरी सिंहले बताइन ।