खाेज्नुहाेस

अत्तरियामा एक दिने ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा एक दिने ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरी नगर समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

navjiwan hospital

पछिल्लो समय देशभर बढीरहेका सवारी दुर्घटनाहरुका कारण विद्यालयमा नराम्रो असर नपरोस भन्नका लागि कार्यक्रम आयोजना गरिएको प्याब्सनका सचिव मदन जोशीले जानकारी दिए । उनले विद्यालयका सवारी चालकहरु र सहचालकहरुलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

attariya hospital

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको सहयोगमा सञ्चालित उक्त कार्यक्रमका सहभागिहरुलाई कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिएका थिए ।