खाेज्नुहाेस

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि सुरु

Image
सांकेतिक तस्बिर

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदैछन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।

navjiwan hospital

आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डकाअनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।

attariya hospital

यसअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् ।