खाेज्नुहाेस

हेमा श्रीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयोग

Image

गौरीगंगा – हेमा श्री फाउन्डेसन नेपालकी अध्यक्ष तथा समाजसेवी मञ्जु पौड्याल (हेमा श्री) ले कैलालीको गौरीगंगा नगरपालिका – ४ राजीपुरमा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन ।
जन्मदिनको अवसरमा उनले विद्यालयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था कमजोर भएका ३० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन ।

navjiwan hospital

उनले जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नुभन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न उचित हुने भएकोले विद्यार्थीहरूलाई सहयोग गरेको बताइन ।

attariya hospital

जसअन्तर्गत कापी, कलम र झोला वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश बहादुर खडकाले आर्थिक स्थिति निकै कमजोर भएका विद्यार्थीलाई सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरे ।