प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिमको समीक्षा तथा योजना बैठक आयोजना

अत्तरिया – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको वार्षिक समीक्षा तथा योजना बैठक आयोजना गरिएको छ । कैलालीको अत्तरियामा सोमबार देखि प्राज्ञिक विद्यार्थी परिषद् प्रदेश कार्यकारिणी समितिको बैठक आयोजना गरिएको हो ।

maya metro hospital

मंगलबार सम्पन्न हुने बैठकमा गत वर्षको सांगठनिक कार्यक्रमको योजना र आगामी एक वर्षको कार्य योजना निर्माण सँगै संगठनका विभिन्न विषय विन्दुमा चर्चा गरिने परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेल जानकारी दिए ।

प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहेका थिए ।

attariya hospital

बैठकमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, प्रदेश उपाध्यक्ष लोकराज भण्डारी, परिषद्का प्रदेश सचिव प्रेम बोहरा, परिषद्का राष्ट्रिय जनजाति कार्य प्रमुख एवं सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लोकराज भण्डारी लगायतको सहभागिता रहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.