खाेज्नुहाेस

वर्षा नरोकिएपछि कृष्णपुरका विद्यालयमा २ दिन विदा

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुरका विद्यालयमा २ दिन विदा दिइएको छ । नगरपालिकाले आइतबार एक विदा सम्बन्धी सूचना जारी गर्दै असार २४ र २५ गते विदा दिने निर्णय गरेको हो ।

navjiwan hospital

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्धारा जारी सूचनामा वर्षाका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या भएकाले विदा दिने निर्णय गरिएको उल्लेख छ ।

attariya hospital

सूचनामा वर्षादमा विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्यून देखिएकाले हिउँदे विदाबाट मिलान हुनेगरी विदा दिइएको उल्लेख छ ।