खाेज्नुहाेस

लोटस आई माविद्धारा विद्यार्थीहरुका लागि माईन्ड बुस्टर कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा दिमाग तेज बनाउने माईन्ड बुस्टर कार्यक्रम आयोजना गरिएको छ । लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुका लागि उक्त एक दिने कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रशिक्षक अल्सस गिरीले विद्यार्थीहरुलाई एक भन्दा बढी शब्द तथा भनाईहरु कसरी लामो समयसम्म दिमागमा राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । उनले त्यसरी शब्दहरु तथा भनाईहरुलाई लामो समयसम्म दिमागमा राख्न सकिने प्रणालीलाई चेन प्रणाली भनेका छन ।

attariya hospital

‘हामीले एक भन्दा बढी शब्दहरुलाई बुँदागत रुपमा लामो समय सम्म दिमागमा राख्ने सजिलो तरिका छ, त्यो हो चेन सिस्टम’ विद्यार्थीहरुलाई सिकाउदै उनले भने ‘यो सिस्टममा हामीले बुँदागत रुपमा ति शब्दहरुलाई चेन जसरी मिलाउदै लैजानेछौ र एक शब्दलाई लामो शब्द बनाउनेछौ ।’ दिमागमै भिडियोदृश्यको माध्यमबाट कल्पना गर्दै शब्दहरुलाई चेनझै जोडेर पढ्दा ति शब्दहरु लामो समयसम्म याद रहने उनको दाबी छ ।

navjiwan hospital

विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यार्थीहरुको भविष्यलाई हेरेर र उनिहरुको मेमोरीलाई कसरी लामो समय सम्म काममा प्रयोग गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको बताए । उनले अहिलेका विद्यार्थी भविष्यमा देशको नेतृत्व तहमा पुग्न सक्ने र भविष्यमा आज पढेका कुराहरु पनि आवश्यक पर्ने भएकाले हरेक विद्यार्थीहरु मानसिक रुपमा सबल हुन जरुरी रहेको बताए ।

त्यतिमात्रै नभई पढ्दा खेरी विद्यार्थीहरुमा हुने तनाव कम गर्न पनि कार्यक्रमले सघाउ पु-याउने उनको भनाई छ । ‘पढदा खेरी तनावको सृजना हुन्छ, अहिलेको समय पनि तनावग्रस्त नै छ’ उनले भने ‘त्यो तनावलाई कसरी हटाउने, विद्यार्थीहरुले कसरी अध्ययनकार्यलाई अगाडी बढाउने तथा पढाईलाई बोझ नठानेर एउटा स्वअवसर विद्यार्थीहरुले कसरी प्राप्त गर्ने भन्ने विषयमा कार्यक्रमले महत्वपुर्ण योगदान दिनेछ ।’

उनले कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी कक्षा १० सम्मका करिब ४५० जना विद्यार्थीहरुको सहभागिता रहेको बताए । उनले विद्यार्थीहरुले कार्यक्रममा सिकाईएको चेन सिस्टमका माध्यमबाट पढाई अगाडी बढाउने कुरामा आफु विस्वस्त रहेको बताए ।

‘मलाई विश्वास छ, भोलीको दिनमा विद्यार्थीहरुले चेन सिस्टम भन्ने मेथडको माध्यमबाट आफ्नो पढाईलाई अगाडी बढाउने छन र शब्दहरुलाई भिजुअल तरिकाबाट माईन्डमा राखी अगाडी प्रस्तुत हुनेछन’ उनले भने । उनले उक्त कार्यक्रम अत्तरियामा पहिलो पटक आयोजना भएको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरु निकै लाभान्वित हुने समेत बताए ।