खाेज्नुहाेस

गोदावरीको निराशाजनक नतिजा, सामुदायिकतर्फ ८३ प्रतिशत विद्यार्थी फेल

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बजेटको ठुलो हिस्सा शिक्षा क्षेत्रमा खर्च गरेको भए पनि नजिता भने निकै निराशाजनक छ । पालिका स्तरीय कक्षा ८ को भन्दा एसइईको नजिता झनै खस्किएको छ । गएको शैक्षिक सत्रमा पालिका स्तरीय परीक्षामा नगरका सामुदायिक विद्यालयका ७० प्रतिशत विद्यार्थी फेल भएकोमा एसइईमा सामुदायिक विद्यालयका ८३ प्रतिशत विद्यार्थी फेल भएका छ । गोदावरीबाट सामुदायिक विद्यालयका कुल १ हजार ९१५ विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा ३२६ विद्यार्थी मात्रै पास भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अधिकृत प्रताप धामीले बताएका छन् ।

२०८० सालको एसइई परीक्षामा गोदावरीका २१ वटा सामुदायिक विद्यालयबाट विद्यार्थी सहभागी रहेका थिए । जसमा एक विद्यालयको नतिजा निल आएको छ । दुर्गा मावि कोलमुडाको नजिता निल आएको हो ।

attariya hospital

सामुदायिक तर्फ १७ प्रतिशत विद्यार्थी मात्रै पास हुँदा संस्थागत तर्फका भने ६०.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गोदावरीबाट संस्थागत विद्यालयबाट ७८२ विद्यार्थी सहभागी एसइई परीक्षामा सहभागी भएकोमा ४६६ विद्यार्थी पास भएको अधिकृत धामीले बताए । देशभर सामुदायिक विद्यालयका ३० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएकोमा गोदावरीमा भने १७ प्रतिशत मात्रै पास भएका छन् ।

navjiwan hospital

पालिकाको नतिजा निकै निराशाजनक आउँदा नगरको शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ । शिक्षा शाखाका विष्णुराज अवस्थीले नगरका कति विद्यार्थी पास फेल भएको बारेमा शाखामा जानकारी नभएको बताए । उनले कार्यव्यस्तताका कारण अन्य काममा अल्झिनुपरेकाले कति विद्यार्थी पास फेल भए कुन विद्यालयको नजिता कस्तो आयो भन्ने तथ्याङ्क तयार गर्न नसकिएको बताए ।

धनगढी उपमहानगरपालिकाले नजिता सार्वजनिक भएकै दिन प्रत्येक विद्यालय सँग नजिता माग गरेको थियो । सोही अनुसार उपमहानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयको नजिता सार्वजनिक गरेको भए पनि गोदावरीमा त्यसो गर्न नसकिएको अवस्थीले बताए ।

maya metro hospital

समग्र नतिजाबारे बेखबर रहेको नगरपालिका पालिकाबाट उत्कृष्ट हुने विद्यार्थीलाई भन्ने सम्मान गर्न तँछाडमछाड गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजामा गोदावरीको सामुदायिक विद्यालयबाट दुर्गालक्ष्मी नमुना माविकी विद्यार्थी नितिका अवस्थीले उत्कृष्ट ४ जीपीए नजिता ल्याएकी थिइन । उनले ल्याएको नतिजाको जस लिन नगरपालिकाले तँछाडमछाड गरे पनि समग्र नगरको नतिजाको बारेमा भने बेखबर बनेको छ ।

नगरले चालु आर्थिक वर्षमा पनि सबैभन्दा बढी ८ करोड ३३ लाख बजेट शिक्षामै विनियोजन गरेको छ । झण्डै नगरको वार्षीक आय बराबरकै बजेट शिक्षामा लगाउँदा पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन ।

Karma Consultancy