खाेज्नुहाेस

धनगढीका संस्थागत विद्यालयमा परीक्षा प्रणालीबाट छात्रवृत्ति दिइने

Image

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयमा परीक्षा प्रणालीबाट कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने भएको छ । यसअघि संस्थागत विद्यालयले आफै छात्रवृति दिने गरेकोमा यस पटक उपमहानगरपालिकाले नै संस्थागत विद्यालयमा अध्ययन गर्नको लागि परीक्षा सञ्चालन गरेर विद्यार्थी छनोट गर्न लागेको हो ।

शिक्षा ऐन–२०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।
तर यो व्यवस्थाको कार्यान्वयमा भने संस्थागत विद्यालयहरुले कञ्जुस्याइँ गर्दै आएका थिए । उपमहानगरपालिकाले छात्रवृत्तिमा सहभागि हुनका लागि असार ३० गते सम्मको म्याद तोकको छ । सहभागिको छनोटका लागि श्रावण ५ गते परीक्षा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा उल्लेख छ ।

attariya hospital
navjiwan hospital

उपमहानगरपालिकाले छात्रवृत्ति प्रक्रियामा सहभागि भएका विद्यार्थीलाई छात्रवृति परीक्षाको नतिजा आउनु अघि भर्ना नहुन आग्रह गरेको छ । छात्रवृत्ति प्रक्रियामा समाबेस हुन एसइईमा १.६ जीपीए ल्याएको हुनपर्ने सर्त राखिएको छ । छात्रवृत्ति आवेदन शुल्क २५० तोकिएको छ ।

छात्रवृत्ति छनोटका लागि १ सय अंकको बस्तुगत परीक्षा सञ्चालन गरिने छ । जसमा धनगढी उपमहानगरपालिकाको बासिन्दालाई १०, कैलालीको बासिन्दालाई ५ अंक थप प्रदान गरिने छ । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई धनगढीका १२ वटा संस्थागत विद्यालयमा अध्ययनका लागि सिफारिस गरिने उपमहानगरपालिकाले जनाएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी उपमहानगरपालिको आफ्नो वेबसाइटमा राखेको जनाएको छ ।

maya metro hospital