खाेज्नुहाेस

एसइईमा ४ जिपिए ल्याउने ठगुन्नालाई वडाध्यक्ष गुड्डुले गरे नगद सहित सम्मान

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) मा ४ जिपिए ल्याएका निर्मल ठगुन्नालाई नगद सहित सम्मान गरिएको छ । नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुडुडु) ले एसइईमा ४ जिपिए ल्याएका सोही वडाका ठगुन्नालाई नगद सहित सम्मान गरेका हुन ।

अत्तरियास्थीत सत्यवती एकेडेमीमा अध्ययनरत ठगुन्नालाई वडाध्यक्ष शाहीले नगद रु. १५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका छन । उनले विकट क्षेत्रबाट शिक्षामा फड्को मार्न सफल भएको भन्दै आफुले ठगुन्नालाई सम्मानित गरेको बताए ।

attariya hospital
navjiwan hospital

उनले आफुले पाउने सेवासुविधा वाफतको रकम बाट ठगुन्नालाई सहयोग गरेको बताए । ‘यो विकट वडाबाट गएर देशभरमै हाम्रो वडाको नाम चिनाउदा हामीलाई गर्व महसुस भएको छ’ उनले भने ‘बाबुको उज्जवल शैक्षिक भविष्यका लागि मैले सरकारबाट पाउने सेवासुविधाबाट सहयोग गरेको हुँ ।’

उनले ठगुन्नालाई आगामी दिनहरुमा पनि वडा र आफ्नो व्यक्तिगत तर्फबाट गर्न सकिने सहयोगका लागि आफु सदैव तत्पर रहेको बताए ।

ठगुन्नाले सम्मानित गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गरे । उनले ईच्छाशक्ति भए सबै सम्भव हुन्छ भन्ने आभास भएको बताए । उनले धैर्यताका साथ आफ्नो कर्ममा निरन्तर लागिरहे एक दिन अवश्य सफल भईने बताए ।