सुदूरपश्चिममा सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट नतिजा ल्याउने नितिकालाई सम्मान

अत्तरिया – एसइईको परिक्षामा सामुदायिक विद्यालयहरुबाट सुदूरपश्चिममै सर्वाेत्कृष्ट नतिजा ल्याउने कैलालीको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीलाई सम्मानित गरिएको छ ।

Karma Consultancy

शुक्रबार गोदावरी नगरपालिका – ४ की उनलाई नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया (ललित) ले नगद सहित सम्मानित गरेका हुन । उनले विद्यार्थीको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना सहित नगद रु. ५ हजार १ सय रुपैया सहयोग गरेको बताएका छन ।

citizen security services

attariya hospital

‘सामुदायिक विद्यालयमा अध्ययनरत भएर पनि प्रदेशभरीमा उत्कृष्ट नतिजा ल्याउनु हामीहरुको लागि पनि गर्वको कुरा हो’ उनले भने ‘यस्ता विद्यार्थीहरुले शिक्षा क्षेत्रमा राम्रो प्रगती हासिल गरेर विद्यालय र यो क्षेत्रको नाम उच्चो राख्न सक्छन भन्ने सोचका साथ मैले आफुले सक्ने सानो सहयोग गरेको हुँ ।’

यसैबिच नितिकालाई नेपाली कांग्रेस र नेकपा एमालेका वडाकमिटिहरुले सम्मान गरेका छन । शुक्रबार वडामै विभिन्न कार्यक्रमहरु आयोजना गरि नितिकालाई कांग्रेस र एमालेका वडाकमिटिहरुले सम्मान गरेका हुन । उनिहरुले खादा र सम्मानपत्रले निकितालाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.