खाेज्नुहाेस

सुदूरपश्चिममा चार जिपिए ल्याउने ६ जना मध्ये आधा गोदावरीकै

Image

अत्तरिया – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन्।

४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका छन । कैलालीबाट ४ मध्ये ३ जना गोदावरीकै छन । गोदावरीमा रहेका दुर्गालक्ष्मी नमूना मावि, सैनिक आवासीय महाविद्यालय तेघरी र सत्यवती एकेडेमीबाट एक एक जनाले ४ जीपीए ल्याएका छन ।

attariya hospital

कैलालीकै टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरका रहेका एक विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन । त्यस्तै कञ्चनपुरबाट इन्टरनेशनल स्कुल र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका एक एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन ।

navjiwan hospital

सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन्। देशभरम १८६जनाले ४ जीपीए ल्याउँदा सबैभन्दा बढी काठमाण्डौंका रहेका छन ।

समग्रमा सुदूरपश्चिममा एसइईको नतिजा निरासाजनक आएको छ । सुदूरपश्चिमबाट २०८० सालको एसइईमा सहभागी भएकामध्ये ६८ दशमलव १२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन । जुन देशभरीमै सबैभन्दा बढी हो ।

maya metro hospital

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागि भएकोमा ३६ हजार ४१० विद्यार्थी फेल भएका छन् । देशभरबाट एसइई परीक्षामा सहभागि भएका ५२ दशमलव १४ प्रतिशत विद्यार्थी फेल भएकोमा सुदूरपश्चिममा त्यो भन्दा धेरै फेल भएका हुन ।

एसईईमा लुम्बिनी प्रदेश ६१.२७ प्रतिशत, मधेस प्रदेशमा ५३.१२ प्रतिशत, कोशी प्रदेशमा ५२.५०, बागमती प्रदेशमा ३३.८८ प्रतिशत र कर्णाली प्रदेशमा ५८.१७ प्रतिशत विद्यार्थी फेल भएका छन ।

Karma Consultancy