सुप समावेशीलाई भित्तेपंखा सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई भित्तेपंखा सहयोग गरिएको छ । सिटीजन्स बैंक लिमिटेड अत्तरिया शाखाले विद्यालयलाई २० थान भित्तेपंखा सहयोग गरेको हो ।

maya metro hospital

बिहिबार उक्त सहयोग सामग्री बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हरि प्रसाद घिमिरे र अत्तरिया शाखा प्रमुख शंकर प्रसाद जोशीले विद्यालयकी अध्यक्ष विष्णा बोहरालाई हस्तान्तरण गरेका छन । सामग्री हस्तान्तरण पश्चात बोल्दै बैंकका अत्तरिया शाखा प्रमुख जोशीले सामाजिक उत्तरदायित्व बहन अन्र्तगत विद्यालयलाई भित्तेपंखा सहयोग गरिएको बताए ।

उनले बैंक यहाँ व्यापार गर्नलाई मात्रै नभई सामाजिक रुपमा पनि उत्तिकै कटिबद्ध छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै उक्त सहयोग गरिएको बताए । उनले सहयोग गरिएका उक्त पंखाहरु जडानसम्मको सम्पुर्ण खर्च बैंकले बेहोरेको बताए ।

attariya hospital

उनका अनुसार बैंकले पंखा, जडान खर्च तथा अन्य मसलन्द सामग्रीहरुको खर्च लगाएर करिब १ लाख बराबरको सहयोग विद्यालयलाई गरेको छ । उनले आगामी दिनहरुमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगतका यस्ता कार्यहरु गर्दै जाने बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.