दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्की मृत्यु भएको हो ।
स्थानीय शोवनसिंह लोथ्यालका अनुसार कार्कीको काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।
यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृत्तकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको स्थानीय लोथ्यालले बताए ।