दार्चुलाको अपीहिमालका तिन ओटै खाद्य डिपोमा चामल सकियो

दार्चुला – दार्चुलाको खाद्य डिपोमा चामल सकिएको छ । जिल्लाको अपी हिमाल गाउँपालिकाको खाद्य डिपोमा चामल सकिएको हो । विगत लामो समय देखी पालिकाभित्र रहेका डिपोमा चामल सकिएको गाउँपालिकाले जनाएको छ ।

maya metro hospital

गाउँपालिका अध्यक्ष भक्त सिँह ठेकरे बोहराले पालिकाभित्र स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको बताए । उनले डिपोमा चामल नहुँदा स्थानियहरु महंगो मुल्यमा स्थानिय ब्यापारीबाट चामल किन्न बाध्य बनेका बताए ।

खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुबै चामल सकिएको अध्यक्ष बोहराको भनाई छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.