कैलालीमा पुरुष डबल च्याम्पीयनसिप ब्याडमिन्टन प्रतियोगिता हुने

अत्तरिया – कैलालीमा पुरुष डबल च्याम्पीयनसिप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको गोदावरी नगरपालिका – ३ मा रहेको गोदावरी विकास समितिले ‘गोदावरी च्याम्पीयनसिप २०८१’ नामक पुरुष डबल ब्याडमिन्टन प्रतियोगीता आयोजना गर्न लागेको हो ।

Karma Consultancy
belauri nagarpalika

यही जेठ ४ र ५ गते आयोजना हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद रु. ३१ हजार १ सय, द्धितिय हुने टिमले नगद रु. १५ हजार १ सय र तृतिय हुने टिमले नगद रु. ७ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

citizen security services

प्रतियोगितामा राष्ट्रिय खेल र क्षेत्रिय खेल खेलेका खेलाडीहरुलाई सहभागी नगराईने र बि लेभलका खेलाडीहरुले मात्रै खेल्न पाउने बताईएको छ । नक आउटको आधारमा खेलाईने उक्त प्रतियोगिता बिडब्ल्युएफ को नियम अनुसार खेलाईने आयोजकले जनाएको छ । प्रतियोगीता धनगढीस्थित प्रहरी पब्लिक बहुउद्देश्यिय हलमा खेलाईने खेल समिति सदस्य चेतराज पाण्डेयले जानकारी दिए । उनले अत्तरियामै प्रतियोगिता आयोजना गर्ने भनिएपनि हल अभावका कारण नसकिएको बताए ।

attariya hospital

‘ईन्डोरमै खेलिने खेल भएकाले यसका लागि अनिवार्य रुपमा हल आवश्यक पर्छ, अत्तरियाक्षेत्रमा व्याडमिन्टन प्रतियोगिताका लागि हल छैन’ उनले भने ‘अत्तरियाक्षेत्रकै आयोजक संस्था भएपनि भौतिक संरचनाको अभावका कारण हामीले बाध्य भएर धनगढी प्रतियोगीता आयोजना गर्नुपरिरहेको छ ।’ उनले पछिल्लो समय ब्याडमिन्टनको क्रेज बढ्दो भएकाले अत्तरियामा पनि राम्रो ईन्डोर हल बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.