अत्तरिया- धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शुक्रबार ४ लाख २ हजार ६०० मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद गरिएको प्रहरीले बताएको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख १२ हजार मूल्यको जेन्स र लेडिज मोजा बरामद गरेको जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी-३ मा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ९० हजार ६०० मूल्यको लन्डनहर्न, चस्मा र चस्माको ग्लास बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाएको बताएको छ ।


















