धनगढी- नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बन भएका छन् । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप तीन महिनाका लागि निलम्बित गरिएको बताइन् ।

पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले घनश्यामलाई कारबाही गरिएको जनाइएको छ । श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

यसअघि केन्द्रीय अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।
