अनेरास्ववियु कैलालीको अघिवेशनको मिति तोकियो

अत्तरिया – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशनको मिति तोकिएको छ । बिहीबार घोडाघोडी नगरपालिकाको सुक्खडमा बसेको बैठकले बैशाख २८ र २९ गते घोडाघोडी नगरपालिका स्थित सुखडमा अतिवेशन गर्ने मिति तोकेको हो ।

maya metro hospital

आयोजक कमिटी संयोजक कपिल सापकोटा को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का प्रमुख अतिथि रहेका थिए । यसअघि अनेरास्ववियु कैलाली जिल्ला अधिवेशन चैत्र २६ र २७ गते तोकिएको भएपनि सम्पन्न हुन सकेको थिएन।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र जसका लागि करिब ५ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ। हाल जिल्ला अध्यक्षको दौडमा सह–संयोजकहरु पुष्प राज सुवेदी, हरिश न्यौपाने र कुबेर खड्का रहेका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.