काठमाण्डौं – नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
बहुमत सदस्यहरुले घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गर्न समर्थन जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको उपाध्यक्षमा एमाले सांसद घिमिरे निर्वाचित भएको घोषणा गरेका थिए ।
घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी थिइन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत दलहरु सम्मिलित सत्ता गठबन्धन दलहरुको समर्थन रहेको थियो ।
सभामा उपस्थित ५५ मतमध्ये घिमिरेका पक्षमा ३९ मत परेको छ ।