गगन थापाले बैशाख ३ र ४ गते कैलालीमा कार्यक्रम गर्ने

अत्तरिया – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैशाख ३ र ४ गते कैलालीमा ‘सम्बाद यात्रा’ अन्तरगत कार्यक्रम गर्ने भएका छन । दोस्रो पटक चैत्र १५ गतेदेखि सुरु भएको ‘सम्बाद यात्रा’ अन्तरगत उनले कैलालीको हुलाकी सडक क्षेत्रमा कार्यक्रम गर्न लागेका हुन ।

maya metro hospital

जस अन्तरगत बैसाख ३ गते टीकापुर, भजनी, कैलारी र धनगढीको फुलबारीमा जनसंबाद, खुला संवाद, जनप्रतिनिधि संवाद, चिया संवाद कार्यक्रम आयोजना गर्ने कार्यतालिका रहेको छ ।

यस्तै बैशाख ४ गते धनगढीको नैनादेवि मन्दिर दर्शन, फाप्ला क्रिकेट मैदान अवलोकन, धनगढीमै नागरिक अन्तरक्रिया र पार्टी अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतालिका रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी पत्रमा उल्लेख छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.