नाउपा सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चौधरी बर्खास्त

 

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई बर्खास्त गरिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेता चौधरीलाई बर्खास्त गरेकी हुन ।

Karma Consultancy
belauri nagarpalika

अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन् ।

citizen security services

घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ । यसअघि उनले सुदूरपश्चिम प्रदेशसभा सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन् ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.