काठमाडौँ- गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले)का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२)अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।
