कैलाली- सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् ।
दलहरूलाई ९ दिनको समय दिइएको छ । दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।