काठमाडौँ- लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
प्रदेश सभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
महरालाई नेकपा (एमाले) का २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् ।